2026-06-05
मेचीनगर–७ मा फर्किएका श्रमिकका लागि अभिमुखीकरण
आज मिति २०८३/०२/२१ गते मेचीनगर नगरपालिकाको वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूको पुनःएकीकरण अभियान अन्तर्गत अप्रवासी श्रमिक सञ्जाल मेचीनगरको समन्वयमा मेचीनगर नगरपालिका वडा नं. ०७, आयाबारीस्थित दुर्गा मन्दिरको सभाहलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा करिब ३० जना वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममार्फत वैदेशिक रोजगारपश्चात् स्वदेशमा पुनःएकीकरण, रोजगारी तथा उद्यमशीलताका अवसर, सामाजिक तथा आर्थिक सशक्तीकरण लगायतका विषयमा जानकारी तथा छलफल गरिएको थियो।
साथै, सहभागीहरूको भेलाबाट ११ सदस्यीय आप्रवासी श्रमिक सञ्जाल गठन गरिएको छ। नवगठित सञ्जालले वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको हकहित, क्षमता विकास तथा स्थानीय स्तरमा समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

अझ समाचारहरू
सबै समाचारहरूविदेशको सुरक्षा गार्डदेखि आफ्नै रेष्टुरेण्ट व्यवसायीसम्म — संजीव कुमार धिमालको प्रेरणादायी यात्रा
2026-04-03मेचीनगर–१३ का संजीव कुमार धिमालको जीवनयात्रा धेरै नेपाली युवाको साझा कथाजस्तै हो। राम्रो भविष्यको सप...
मेचीनगर–७ मा फर्किएका श्रमिकका लागि अभिमुखीकरण
2026-06-05आज मिति २०८३/०२/२१ गते मेचीनगर नगरपालिकाको वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूको पुनःएकीकरण अभियान...