+977-9842654817 rmwnmechinagar@gmail.com
Logo

आप्रवासी श्रमिक सञ्जाल मेचीनगर

RETURNEE MIGRANT WORKERS NETWORK MECHINAGAR

मेचीनगर नगरपालिका, झापा

महत्त्वपूर्ण सूचना
📢 नयाँ सदस्यता खुला छ - आजै सदस्य बन्नुहोस् 📢 कौशल विकास तालिम कार्यक्रम आगामी मंसिरमा 📢 रोजगारी मेला आयोजना हुने भएकोले सहभागी हुनुहोस्
Returnee Migrant Workers Network

आप्रवासी श्रमिक सञ्जाल मेचीनगर

Returnee Migrant Workers Network Mechinagar

विदेशबाट फर्किएका श्रमिकहरूको अधिकार, सम्मान र समृद्धिको लागि समर्पित

133
सदस्यहरू
50+
कार्यक्रमहरू
100+
सफल तालिम
5+
वर्ष सेवा

हाम्रो बारेमा

आप्रवासी श्रमिक सञ्जाल मेचीनगर (RMWN) एक गैर-नाफामुलक संगठन हो जसले विदेशबाट फर्किएका श्रमिकहरूको कल्याणको लागि काम गर्दछ। हाम्रो संगठनले फर्किएका श्रमिकहरूलाई समाजमा पुन: एकीकरण गर्न, उनीहरूको कौशल र अनुभवको उपयोग गर्न र उनीहरूको अधिकार सुनिश्चित गर्न मद्दत गर्दछ। हामी विश्वास गर्छौं कि विदेशबाट फर्किएका हरेक श्रमिकसँग मूल्यवान कौशल, अनुभव र सम्भावना छ। हामी उनीहरूलाई आफ्नो देशमा सफलतापूर्वक पुन: स्थापित हुन र समाजको विकासमा योगदान पुर्याउन मद्दत गर्दछौं।

हाम्रा सेवाहरू

सदस्यता तथा संगठन विस्तार सेवा

साधारण तथा आजीवन सदस्यता, सदस्य अभिलेखीकरण तथा परिचयपत्र वितरण।

परामर्श तथा सूचना सेवा

वैदेशिक रोजगारी, पुनःएकीकरण, उद्यमशीलता, कानुनी अधिकार तथा सरकारी सेवासम्बन्धी जानकारी र परामर्श।

सीप विकास तथा क्षमता अभिवृद्धि सेवा

उद्यमशीलता, वित्तीय साक्षरता, डिजिटल सीप, नेतृत्व विकास तथा विभिन्न तालिमहरू।

रोजगारी तथा उद्यम प्रवर्द्धन सेवा

स्वदेशमै रोजगारी, स्वरोजगार, व्यवसाय स्थापना, बजार पहुँच तथा सम्बन्धित निकायसँग समन्वय।

अधिकार संरक्षण तथा समन्वय सेवा

फर्किएका श्रमिकका हक–अधिकारका लागि पैरवी, गुनासो व्यवस्थापन तथा सरकारी एवं गैरसरकारी निकायसँग समन्वय।

तथ्याङ्क व्यवस्थापन तथा अनुसन्धान सेवा

फर्किएका श्रमिकहरूको विवरण संकलन, अद्यावधिक, डिजिटल अभिलेखीकरण तथा नीति निर्माणका लागि तथ्याङ्क व्यवस्थापन।

अप्रवासी श्रमिक सञ्जालका यी सेवाहरू ले फर्किएका तथा वैदेशिक रोजगारीबाट प्रभावित श्रमिकहरूलाई सूचना, संरक्षण, क्षमता विकास, आर्थिक सशक्तीकरण, संगठनात्मक एकता तथा पुनःएकीकरण मा सहयोग पुर्‍याउने उद्देश्य राख्छन्।

03 Apr

विदेशको सुरक्षा गार्डदेखि आफ्नै रेष्टुरेण्ट व्यवसायीसम्म — संजीव कुमार धिमालको प्रेरणादायी यात्रा

मेचीनगर–१३ का संजीव कुमार धिमालको जीवनयात्रा धेरै नेपाली युवाको साझा कथाजस्तै हो। राम्रो भविष्यको सपना बोकेर उनी रोजगारी...

अधिक पढ्नुहोस्
05 Jun

मेचीनगर–७ मा फर्किएका श्रमिकका लागि अभिमुखीकरण

आज मिति २०८३/०२/२१ गते मेचीनगर नगरपालिकाको वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूको पुनःएकीकरण अभियान अन्तर्गत अप्रवासी श...

अधिक पढ्नुहोस्